लमहीमा कम्युनिस्टलाई हराएर कांग्रेसका चौधरीले जितको झण्डा गाडे
लमही । दाङ जिल्लाको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको संयुक्त प्यानलले क्लिन स्वीप गरेको छ ।
आइतबार बिहान प्राप्त अन्तिम नतिजाअनुसार संस्थाको अध्यक्षमा कांग्रेसका नेता जंगबहादुर चौधरीले विजयी भएका छन् । चौधरीको नेतृत्वमा रहेको संयुक्त लोकतान्त्रिक प्यानल विजयी भएको छ ।
अघिल्लो कार्यकालमा चौधरी कोषाध्यक्ष थिए । त्यस बेला माओवादी र कम्युनिस्टहरूले जितेका थिए । कांग्रेस नेता चौधरीले कोषाध्यक्षमा लोकप्रिय मतसहित कम्युनिस्टलाई हराएका थिए ।
अध्यक्षमा चौधरीले १५१८ मतसहित विजयी हासिल गरेका हुन् । एमालेका सनमकुमार पौडेलले १०४३ मत पाएर हारेका छन् ।
संस्थाको निर्वाचनमा कांग्रेस नेतृत्वको प्यानलविरुद्ध माओवादी केन्द्र र एमाले मिलेर उम्मेदवारी दिएका थिए । अध्यक्षमा पराजित पौडेल माओवादीका नेता हुन् ।
उपाध्यक्षमा सीतादेवी चौधरी १४२१ मतसहित विजयी भएकी छिन् भने श्यामकला भुसाल ९३३ सहित पराजित भएकी छिन् ।
सचिवमा बसन्त आचार्य १२३३ मतसहित विजयी भएका छन् । दशरथ घिमिरे ११७९ सहित सचिवमा पराजित भएका छन् ।
कोषाध्यक्षमा १३७८ मतसहित बासुदेव गौतम विजयी भएका छन् भने देवमणि चौधरी ९८५ सहित पराजित भएका छन् ।
सदस्यहरूमा जगनारायण चौधरी १४२१, किरण चौधरी १४४२, ज्ञानबहादुर विक १४००, शिवा चौधरी र सीता खत्री पोख्रेल १४५८ मतसहित विजयी भएका छन् ।
शनिबार लमहीमा ९ जना कार्यसमितिका लागि खानेपानी संस्थामा शनिबार मतदान भएको थियो ।
संस्थामा कुल ४ हजार २ सय ७७ मतदाता रहेको छ । त्यसमध्ये २७ सय ९ मत खसेको थियो । १० मत बदर भएको निर्वाचन संयोजक कुलचन्द्र पौडेलले जानकारी दिएका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया