ओलीका ‘हनुमान’ रिजालद्वारा ‘साँढे मन्त्री’लाई खुसी बनाउन यस्तो झुठ बोले, दिनगन्ती शुरू

काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष एमव् एमालेका नेता चन्द्रप्रसाद रिजालले सामान्य मानवीय आचरण समेत नदेखाएपछि आलोचना भएको छ ।

उपाध्यक्ष रिजालले नेपाल पर्यटन बोर्डका सदस्य सचिव धनञ्जय रेग्मीविरुद्ध नानाभाँती आरोप लगाएर माओवादी निकटको एक अनलाइनमा समाचार लेखाएका छन् । त्यो अनलाइनले समाचार लेख्दा रेग्मीको भनाइ पनि राखेको छैन । गम्भीर समाचार लेख्दा रेग्मीको भनाइ राख्नुपर्ने थियो । त्यो अनलाइनले प्रायोजित समाचार लेखेको भनेर काठमाडौंमा चर्चा छ ।

सदस्य सचिव रेग्मीले आफूलाई मार्ने धम्की दिएको आरोप उपाध्यक्ष रिजालले लगाएका छन् । तर, सोही बोर्डका एक सदस्यले रेग्मीले बोर्डको बैठकमा रिजाललाई कुनै पनि धम्की नदिएको बताएका छन् ।

नाम उल्लेख नगर्ने सर्तमा बोर्डका ती सदस्यले भने, ‘धनञ्जय रेग्मी मन्त्रालयबाट निलम्बन गर्ने निर्णय भएपछि सर्वोच्च अदालतमा न्यायका लागि रिट दिनुभएको छ । आफै पीडित हुनुहुन्छ । छानविनका लागि उप–समिति बनेको छ । यस्तो अवस्थामा सदस्य सचिव रेग्मीले उपाध्यक्ष रिजाललाई ज्यान मार्ने धम्की दिएको भनेर समाचार हेरियो । त्यो सब गलत हो । आफै अन्यायमा परेको व्यक्तिले ज्यान मार्ने धम्की दियो भन्नु हाँस्यास्पद छ ।’

गलत आरोप लगाउने बोर्डका उपाध्यक्ष रिजालको पद पनि सुरक्षित छैन । ‘साँढे मन्त्री’ले जतिबेला पनि उपाध्यक्ष रिजालको पद उडाइदिन सक्छन् । गलत आरोप लगाएर समाचार लेखाउने रिजालका पनि दिनगन्ती शुरु भइसकेका छन् ।

उपाध्यक्ष पदमा टिक्नका लागि रेग्मीलाई गलत आरोप लगाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र सचिव महेश्वर न्यौपानेलाई चाकडी गरेको भनेर चर्चा भएको छ ।

सदस्य सचिवका विषयमा सर्वोच्च अदालतमा मुद्धा विचाराधीन रहेका बेला मन्त्री आले र सचिव न्यौपानेले बोर्डका सदस्य सचिवलाई हटाउन छानविन उप–समिति बनाएका थिए । विचाराधीन विषयमा छानविन समिति बनाएको विषयमा मानहानीको मुद्धा दायर भयो भने मन्त्री आले र सचिव न्यौपानेलाई जेलसम्मको सजाय हुन सक्छ ।

त्यो उप–समितिको संयोजक बोर्डकै उपाध्यक्ष रिजाल छन् । रिजाल एमालेका नेता हुन् । रिजाल एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका खास मान्छे हुन् । रिजालले माधवकुमार नेपालका हरेक गतिविधिहरूको जानकारी बालकोट समेत पुर्‍याउने गरेका छन् ।

बोर्डका उपाध्यक्ष रिजाल र सदस्य सचिव रेग्मीबीच विवाद छ । उपाध्यक्ष रिजालले आफ्ना ससुराको किताब छपाइ गर्न पर्यटन बोर्डको सरकारी पैसा दुरुपयोग गरेर दिएका थिए । त्यसको विरोध सदस्य सचिव रेग्मीले गरेका थिए ।

उपाध्यक्ष रिजालका अन्य फर्जी बिल भरपाइमा पनि भुक्तानी गर्न रेग्मीले नमानेपछि उनीहरूका बीच विवाद थियो । त्यो व्यक्तिगत रिस फेर्ने रिजालले रेग्मीलाई ज्यानमार्ने धम्की दिएको भनेर फर्जी समाचार लेखाएको बोर्डमा चर्चा छ ।

उपाध्यक्ष रिजाल टानको अध्यक्ष रहेका बेला करोडौँ रुपियाँको बेरुजु छ । रिजालले मानव तस्करी गरेको आरोप पनि छन् । रिजालका थुप्रै काण्डहरू छन् ।

रेग्मीलाई हटाउने हो भने मन्त्री आलेले उपाध्यक्ष रिजाललाई पनि राख्नु हुँदैन । रेग्मी नेपाली कांग्रेस समर्थक हुन् । रिजाल एमाले समर्थक हुन् । रिजाललाई तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालले उपाध्यक्षमा नियुक्त गरेका थिए ।

कांग्रेस समर्थक रेग्मी पर्यटनमन्त्री योगेश भट्टराई मन्त्री बनेका बेला खुला प्रतिस्पर्धा गरेर सदस्य सचिव बनेका थिए ।

Published : Saturday, 2022 February 5, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया