काठमाडौंमा रामधुलाई भेटेकै बेला अर्का युट्युबे रङ्गेहात पक्राउ, जेल जाने पक्का

काठमाडौं । युट्युबर अर्थात युट्युबेहरूले समाजमा आतंक मच्चाएर हैरान बनाइरहेका बेला अर्का युट्युबे पक्राउ परेका छन् ।

युट्युबे ३७ वर्षीय चेतन कार्कीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागुऔषधसहित पक्राउ गरेर थुनामा राखेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाका अनुसार कार्कीलाई लागुऔषधसहित पक्राउ गरिएको छ ।

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ को खुर्कोटमा लागूऔषधसहित पक्राउ गरिएको थियो । उनको घर काठमाडौं महानगरपालिका– २६ सामाखुसीमा पर्छ ।

बर्दिबासबाट धुलीखेलतर्फ जाँदै गरेका युटु्यूबर कार्कीले चलाएको चेतनभ्लग आवरणको ०१–००३क ९१८२ नम्बरको मिनीट्रक चेकजाँच गर्दा कार्कीले लगाएको ट्र्याकसुटको दाहिने खल्तीबाट खैरो हेरोइन ४ दशमलव १३० ग्राम र ६ दशमलव ९३० ग्राम गाँजा बरामद भएको प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिए ।

लागूऔषध मुद्दामा युट्यूबर कार्कीलाई शुक्रबार सिन्धुली अदालतबाट ७ दिनको म्याद थपी थप अनुसन्धान भइरहेको लामाले बताए । उनको अपराध अदालतमा पुष्टि भयो भने जेलमा जाने पक्का छ ।

तीन दिन अगाडि काठमाडौंमा केही युट्युबे र कथित अभियन्ता ज्ञानेन्द्रबहादुर शाहीका समर्थकले मेनपावर कम्पनीमा गएर अराजक हर्कत गर्दा रामधुलाई भेटेको लगत्तै अर्का युट्युबे लागुऔषधसहित पक्राउ परेका छन् ।

Published : Saturday, 2022 February 5, 12:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया