कम्युनिस्ट र ओलीको पुच्छर बन्दा महन्थ ठाकुरको पार्टी फेरि फुट्यो
काठमाडौं । एमालेको पछाडि लागेपछि महन्थ ठाकुरको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) फुट्ने पक्का जस्तै भएको छ ।
ठाकुरको निरंकुश हर्कत र कम्युनिस्टको पछाडि पुच्छर बन्ने कार्यले दिक्क भएका वरिष्ठ नेता वृषेशचन्द्र लालले लोसपा छाड्न लागेका हुन् । लालले तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई ब्युँत्याउने भएका छन् ।
लोसपाको संगठनात्मक संरचना निर्माणमा ठाकुरले एकलौटी कब्जा जमाएका बेला नेता लाल लगायतका असन्तुष्ट नेताहरूले तमलोपालाई ब्युँत्याउन लागेका हुन् ।
वरिष्ठ नेता लालले विभिन्न जिल्लाका नेताहरूसँग यस विषयमा सम्पर्क र छलफल भइरहेको बताएका छन् ।
लालले पुरानो तमलोप दर्ता गरेर निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरिसकेको बताएका छन् । नेता लालले तमलोपाको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको बताएका छन् ।
लाल निकटका नेताहरूले फागुनभित्र नयाँ दलले आकार लिइसक्ने बताएका छन् । नेता लाललाई पूर्वसांसद विजयकुमार सिंहले साथ दिँदै आएका छन् ।
नेता लालले कम्युनिस्ट दलको गठबन्धनमा मधेसवादी दलको सहभागितालाई रुचाएका छैनन् ।
विभिन्न जिल्लाका नेताहरुसँग छलफलमा उनले मधेसका जनताहरू लोकतान्त्रिक रहेको तर मधेसवादी दल र नेताहरुले जबरजस्ती वामपन्थी बनाउन खोजेको आरोप लगाउने गरेका छन् ।
लालले मधेस आन्दोलनका माग र प्राप्त उपलब्धीलाई अहिलेका मधेसवादी दलहरुले तोडमोड गरेको र नयाँ नेतृत्वलाई अवरुद्ध पारेको आरोप लगाउने गरेका छन् ।
उता, लोसपाका अर्का वरिष्ठ नेता राजेन्द्र महतो पनि अध्यक्ष ठाकुरसँग असन्तुष्ट छन् । ठाकुर र महतोबीच बोलचालन नै छैन ।
ठाकुरको अनुहार हेर्न नपरोस् भनेर महतोले अनामनगरमा छुट्टै सम्पर्क कार्यालय खोलेका छन् । महतोले पनि ठाकुरलाई छाडेर नयाँ दल दर्ताको तयारी गरेको बुझिएको छ ।
सरकारमा सहभागी भएर सत्ताका स्वाद लिन ठाकुर र महतोसहितका नेताहरू एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको पुच्छर बनेर सांसद खरिद बिक्रीमा समेत लागेका थिए ।
एमालेका नेता महेश बस्नेतले ठाकुरसहितका नेता र सांसदलाई भक्तपुरको डोलेश्वर रिसोर्टमा राखेर मासु र भात समेत खुवाएका थिए । त्यसका असर अहिले आएर देखिन थालेको छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया