पत्नीलाई जबरजस्ती यौनसम्पर्क गरेपछि नेपाली मूलका अष्ट्रेलियन नागरिक तिम्सिना पक्राउ
काठमाडौं । पत्नीलाई जबरजस्ती यौनसम्पर्क गरेको अभियोगमा अष्ट्रेलियामा बस्दै आएका खिलेन्द्रराज तिम्सिना काठमाडौंमा पक्राउ परेका छन् ।
तिम्सिना पेशाले कानून व्यवसायी हुन् । अष्ट्रेलियाबाट नेपाल आएका बेला उनलाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट माघ ७ गते पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।
प्रहरीको महिला सेलमा उनीसँग बयान लिएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । तिम्सिनालाई तीनदिन थुनामा राखेर एक लाख रुपियाँ धरौटीमा छुुटेको स्रोतले जनाएको छ ।
उनकी श्रीमतीले दुई वर्षअघि आफ्नो इच्छाबेगर शारीरिक सम्बन्ध राखेको अभियोगमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा तिम्सिनालाई पक्राउ गरेर अदालतमा पेश गरिएको थियो ।
तिम्सिनाविरुद्ध २०७६ जेठ ३१ गते कालिमाटीको महिला सेलमा जाहेरी दर्ता गरिएको थियो ।
तिम्सिना नेपाली मूलका अष्ट्रेलियन नागरिक हुन् । अष्ट्रेलियामा पनि तिम्सिना विवादास्पद व्यक्तिका रुपमा परिचित छन् । उनलाई अष्ट्रेलियन सरकारले कारबाही गरेको छ ।
२ जुन २०२० मा अष्ट्रेलियाको आन्तरिक मन्त्रालयले उनको एउटा लाइसेन्स खोसेको छ । नक्कली कागजात बुझाएको आरोप लागेपछि तिम्सिनाले गर्दै आएको व्यवसायको प्रमाणपत्र रद्द गरिदिएको छ ।
अष्ट्रेलियामा आप्रवासनसम्बन्धी परामर्श प्रदान गर्नेहरुको नियमनकारी निकाय माईग्रेसन एजेन्ट्स रजिष्ट्रेसन अथोरिटी (मारा) ले तिम्सिनालाई लाइसेन्स लिनबाट ५ वर्षका लागि प्रतिबन्ध लगाइदिएको हो ।
तिमल्सिनाले क्यानबेरा र नर्दन टेरिटोरी डार्बिनमा स्टेट स्पोन्सर भीसाका लागि आवेदन दिने क्रममा झण्डै एक दर्जन व्यक्तिको नक्कली कागजात पेश गरेको अभियोग लागेको थियो ।
उनको कारवाहीबारे माईग्रेसन एजेन्ट्स रजिष्ट्रेसन अथोरिटीको वेवसाइटमा विस्तृत रुपमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया