डा.अन्सारीले रुपन्देहीलाई दिए गृहमन्त्रीमार्फत २० हजार ट्याब्लेट प्यारासिटामोल
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् औषधि व्यवसायी डा.अबुल हुसैन अन्सारीले गृहमन्त्री बालकृष्ण खाणलाई २० हजार ट्याब्लेट प्यारासिटामोल औषधि उपलब्ध गराएका छन् ।
बिहीबार डा.अन्सारीले रुपन्देही जिल्लाका लागि प्यारासिटामोल गृहमन्त्री खाणलाई हस्तान्तरण गरेका हुन् । प्यारासिटामोल हस्तान्तरणका क्रममा कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाको पनि उपस्थिति रहेको थियो ।
‘रुपन्देही जिल्लामा ज्वरोको औषधि प्यारासिटामोल औषधि अभाव नहोस् भनेर मैले गृहमन्त्रीज्यूलाई २० हजार ट्याब्लेट हस्तान्तरण गरेको छु’, डा.अन्सारीले भनेका छन् ।
डा.अन्सारीले दिएको प्यारासिटामोल औषधि लिएपछि गृहमन्त्री खाणले धन्यावाद दिएका छन् । खाणले भने, ‘महामारीका बेला डा.अन्सारीले गर्नुभएको योगदानको सरकारले उच्च सम्मान गर्नेछ ।’
प्यारासिटामोल औषधि अभाव भएको भन्ने समाचार आउनेवित्तिकै डा.अन्सारीले प्यारासिटामोल औषधि निःशुल्क वितरण अभियान चलाएका थिए ।
डा.अन्सारीले काठमाडौंको बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको मूलगेट अगाडि प्यारासिटामोल औषधि निःशुल्क वितण गरेका थिए ।
उनले सुनसरी, भोजपुर, ताप्लेजुङ, मोरङ, इलाम, ओखलढुंगा, डोल्पालगायतका जिल्लामा प्यारासिटामोल औषधि निःशुल्क पठाएका छन् ।
यसैबीच, शुक्रबारदेखि डा.अन्सारीले नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा निःशुल्क स्वास्थ्य शिविरको शुरुवात गरेका छन् ।
एभरेष्ट अस्पताल, आयान हेल्थ केयर प्राइभेट लिमिटेड र अनमोल हेल्थ केयरको सहयोगमा शिविर सञ्चालन गरिएको डा.अन्सारीले बताए । शिविर एभरेष्ट अस्पतालमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।
शिविरमा विशेषज्ञ चिकित्सकहरू डा.रामनारायण शाह, डा.निवेश पौडेल र डा.सरोज गौडेलले निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया