निर्वाचनको भरपर्दो सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिक आउँदै गरेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालयको मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।
बिहीबार सिंहदरबारमा रक्षा मन्त्रीको जिम्मेवारी समेत सम्हालेका देउवाले सुरक्षा सुशासन र विकासको पूर्वशर्त भएको उल्लेख गरेका हुन् । उनले निर्वाचनको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि सुरक्षा जस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।
Published : Friday, 2022 February 4, 9:55 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया