प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् ।

पत्रकार परियार ‘काठमाडौं प्रेस डटकम’का सञ्चालक हुन् । उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस संयोजक थिए ।

परियार यसअघिबाटै औपचारिक रुपमा सचिवालयमा कार्यरत रहे पनि अहिले आएर नियुक्त भएका हुन् ।परियारको स्थायी घर तनहुँ जिल्लामा पर्छ ।

प्रधानमन्त्री देउवाको सचिवालयमा प्रमुख स्वकीय सचिव भानु देउवा छन् । भानु प्रधानमन्त्री देउवाका भतिजा पनि हुन् ।

प्रशासन विज्ञ पूर्वसचिव जनार्दशन नेपाल, भाषण तथा मन्तव्य विज्ञमा किरण गजुरेल र सूचना प्रविधि विज्ञमा दीपेश केसी रहेका छन् ।

Published : Friday, 2022 February 4, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया