कांग्रेसको गठबन्धन भत्काउन यी ‘भाइरस’हरू सक्रिय, ओलीहरू खुसी

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनलाई भत्काउनका लागि ठूलो चलखेल भएका छन् ।

एमसीसीलाई देखाएर गठबधन भत्काउन विभिन्न हर्कत भएका हुन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओली ५ दलीय गठबन्धनबाट सबैभन्दा बेखुस छन् । ओलीले एमसीसीलाई पारित गर्नका लागि गठबन्धन भत्काउन बालुवाटारमा प्रस्ताव नै पठाइसकेका छन् ।

गठबन्धन भत्काउनका लागि नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइराला सबैभन्दा धेरै जोडबलका साथ लागेका छन् । धनराज गुरुङले एउटा सार्वजनिक कार्यक्रममा गठबन्धनको विरोध गरेका छन् भने आगामी चुनावमा पार्टीलाई भन्दा पनि व्यक्तिलाई हेरेर भोट दिन अपील नै गरेका छन् ।

धनराज गुरुङ जस्ता रातो पासपोर्ट बेच्ने भाइरसले कांग्रेसलाई फाइदाभन्दा पनि धेरै बेफाइदा नै भइरहेको छ ।

धनराज, गगन र शेखरलाई ५ दलीय गठबन्धन मन परेको छैन । गठबन्धनकै कारण कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर मिलेको छ । दुईतिहाइको बहुमत भएका कम्युनिस्टहरू फुटेर टुक्रा–टुक्रा परेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरू फुटेर प्रधानमन्त्री बन्नका लागि गरेको आग्रहलाई शुरुमा अस्वीकार गरेका थिए । पछि धेरै दवाव भएपछि देउवा प्रधानमन्त्री बनेका हुन् ।

देउवाले ५ दलीय गठबन्धन बनाएर राष्ट्रपति विद्यादेवी भण्डारीको जोडबलमा प्रधानमन्त्री टाँसिएर बसेका ओलीलाई गलहत्याएर फालेका थिए । ओलीले दुईतिहाइ बहुमत हुँदा पनि संविधान र कानूनको उल्लंघन गरेर संसदलाई दुई पटकसम्म विघटन गरेका थिए ।

देउवाले एमाले र ओलीलाई सबक सिकाउन गठबन्धनलाई बलियो बनाएका छन् । गठबन्धनकै कारण कांग्रेसले राष्ट्रिय सभामा ६ वटा सिट जितेको छ । गठबन्धन हुँदैन थियो भने राष्ट्रिय सभामा कांग्रेसको अवस्था शून्य जस्तै हुने थियो ।

कम्युनिस्टहरूलाई मिल्न नदिएर कांग्रेसले गठबन्धनमार्फत निर्वाचनमा जानुपर्छ । कांग्रेस एक्लै निर्वाचनमा गयो भने फेरि पनि कम्युनिस्टहरू मिलेर कांग्रेसलाई झन् सानो आकारमा खुम्च्याउन सक्छन् ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिलाउन अदृश्य शक्तिहरू लागेका छन् । कांग्रेसभित्र गठबन्धन गर्नु हुँदैन भन्ने शेखर कोइरालाको समूह सक्रिय छ । शेखर समूह कहाँबाट परिचालित छन् भन्ने कुरा धेरैलाई राम्रोसँग जानकारी छ ।

एमाले र माओवादीभित्रका दोस्रो तहका नेताहरू पनि एमाले–माओवादीबीच गठबन्धन गर्न खोजेका छन् ।

एमालेका महासचिव शंकर पोखरेल, विष्णु पौडेलहरू फेरि पनि माओवादीसँग मिलेर जान ओलीलाई दवाव दिँदै आएको चर्चा छ । ओलीलाई प्रचण्डसँग मिलेर जानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दवाव दिँदै आएकी छिन् ।

माओवादी केन्द्रका नेताहरू अग्नि सापकोटा, जनार्दन शर्मा, वर्षमान पुन, कृष्णबहादुर महरा, देव गुरुङ पनि एमालेसँग गठबन्धन गरेर जानेपक्षमा छन् । उनीहरूले पनि प्रचण्डलाई दवावमा राखेका छन् ।

कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले मुलुकको राजनीतिलाई राम्रोसँग बुझेका छन् । उनले कांग्रेसलाई सबैभन्दा ठूलो र बहुमतका पार्टी बनाउन ५ दलीय गठबन्धनलाई बचाएर चुनावमा जाँदा फाइदा हुन्छ भन्ने कुरा बुझेका छन् ।

देउवा बलियो हुँदा शेखर कोइरालाको गुटलाई बेफाइदा हुने भएपछि ५ दलीय गठबन्धन भत्काउन खोजिएको छ ।

एमाले र माओवादीबीच गत निर्वाचनमा गठबन्धन भएकै कारण झण्डै दुईतिहाइ बहुमत आएको थियो । कम्युनिस्टहरूले गठबन्धन गरेर चुनावमा जाँदा उचित हुने, कांग्रेसले गठबन्धन बनाएर चुनावमा जानु हुँदैन भन्नेहरूको तर्क वैज्ञानिक छैन ।

Published : Thursday, 2022 February 3, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया