कांग्रेसका वडा सभापति राई पक्राउ, पार्टीको नाम खराब गरे

काठमाडौं । प्रहरीले नेपाली कांग्रेसका वडा सभापति मिलनकुमार राईलाई पक्राउ गरेको छ ।

सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका– ७ का वडा सभापति राई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा सभापति राईलाई घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिएका छन् ।

राईविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी कसुरको अनुसन्धानमा मुद्दा परेपछि पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ ।

हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवथा छ ।

Published : Thursday, 2022 February 3, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया