नेता तिमिल्सिनाद्वारा गेरुवामा कम्युनिस्टका कार्यकर्तालाई कांग्रेसमा स्वागत

गेरुवा । बर्दिया जिल्लाको गेरुवा गाउँपालिका– ६ मनाउमा विभिन्न पार्टीका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार मनाउमा आयोजित टोल कार्यसमिति गठन र पार्टी प्रवेश कार्यक्रममा युवा नेता जन्मजय तिमिल्सिनाले ६५ जनालाई कांग्रेसको पार्टी सदस्यता प्रदान गरेका हुन् । उनले नवप्रवेशीहरूलाई भव्य स्वागत गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तिमिल्सिनाले सो वडामा नयाँ कार्यसमिति समेत बनाइदिएका छन् ।

नेता तिमिल्सिनाले कांग्रेस नेतृत्वको सरकारले तीन वटा निर्वाचन गर्न लागेको भन्दै निर्वाचनको तयारीमा लाग्न समेत आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने नेता तिमिल्सिनाले बताएका छन् ।

Published : Tuesday, 2022 February 1, 6:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया