आराजक तत्वविरुद्ध कडा हुने गृहमन्त्री खाणको संकेत
काठमाडौं । अराजक समूहले सरकारी कर्मचारीमाथि दुर्व्यवहार गर्ने, कालोमोसो दल्ने, कुटपिट गर्ने लगायतका हर्कत गरेपछि नेपाल निजामती कर्मचारीय युनियनले गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएको छ ।
मंगलबार गृहमन्त्री खाणलाई युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेल नेतृत्वको टिमले ज्ञापनपत्र बुझाएर शान्ति सुरक्षाको माग गरेको हो ।
गृहमन्त्री खाणले संविधान र कानूनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताएका छन् ।
गृहमन्त्री खाणसँग युनियनले विभिन्न सरकारी कार्यालयमा काम गरिरहेका कर्मचारीमाथि कानून विपरीतका कार्य भइरहेको भन्दै कारबाहीको माग गरेका छन् ।
राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्ने काम कसैबाट हुन नहुने खाणले बताएका छन् ।
महोत्तरी, धनकुटा, कैलाली, बझाङ, पर्सा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लामा राष्ट्रसेवक कर्मचारीमाथि भएका गैर न्यायिक घटनाका दोषीलाई कानूनको दायरामा ल्याएर कारवाही गर्न यूनियनले माग गरेको छ ।
डिभिजन वन कार्यालय पहलमानपुर कैलालीका सहायक वन अधिकृत विश्वराज पण्डितलगायतमाथि भएको दुर्व्यवहारको विरोध गर्दै युनियनले कारबाहीका लागि गृहमन्त्री खाणको ध्यानाकर्षण गराएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया