ओलीका हनुमान थपलियालाई औकातमा बस्न चेतावनी, देउवासँग टकराउने हर्कत नगर्न सुझाव

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार असफल भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिएका छन् ।

सभापति देउवाले सरकारको नेतृत्व आफूले चाहेर लिएका होइनन् । कम्युनिस्टहरू फुटेर धुजाधुजा भएर सत्ता चलाउन असफल भएपछि देउवाको खुट्टामा पाउ परेर ढोगेका कारण सरकारको नेतृत्व लिन तयार भएका हुन् ।

प्रधानमन्त्री देउवाले कम्युनिस्ट र तत्कालीन प्रधानमन्त्री ओलीले भन्दा निकै राम्रोसँग सरकार चलाइरहेका छन् ।

स्थानीय तहको निर्वाचनका विषयमा प्रधानमन्त्री देउवाले बाहिर एक शब्द पनि बोलेका छैनन् । देउवाले सबैसँग परामर्श गरेर ठोस निर्णय लिने पक्षमा थिए र छन् पनि ।

तर, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले एमालेका अध्यक्ष ओलीको शैलीमा प्रधानमन्त्री देउव र नेपाली कांग्रेस नेतृत्वको सरकारको बद्नाम हुने गरेर हर्कत गरेपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् ।

थपलिया एमाले समर्थक हुन् । थपलियालाई ओली प्रधानमन्त्री बनेका बेला आयोगको प्रमुख आयुक्त बनाएका थिए । थपलियाले आफ्नो पदीय मर्यादा भलेर प्रधानमन्त्री देउवाको चरित्र हत्या गर्ने कार्य गरेको आरोप छ । प्रधानमन्त्री देउवालाई भेट्न समय पाइन भनेर मिडियाबाजी गर्ने थपलियाले पदीय जिम्मेवारी भुल्नु हुँदैन । औकातमा बस्नुपर्छ ।

ओलीलाई फाइदा हुने गरेर प्रमुख आयुक्त थपलियाले गरेका हर्कतको विरोध भइरहेको छ । थपलियाले आफ्नो औकात भुल्नु हुँदैन । अन्यथा थपलियाले आफ्नो मर्यादा भुलेर ओलीको लागि काम गर्ने हो भने नेपाली जनताले सबक सिकाउनेछन् ।

कम्युनिस्ट र ओलीका हनुमानवाला पुच्छर नबन्न थपलियालाई जनताले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् ।

जनताभन्दा ठूलो थपलिया पनि छैनन् । जनताले चाहे भने कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयबाट थपपिलयालाई हुत्याएर बाहिर निकाल्ने अधिकार पनि राख्छन् ।

Published : Saturday, 2022 January 29, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया