भुटानी शरणार्थीको पक्षमा आवाज उठाइदिन भम्पा राईको अपील
काठमाडौं । भुटानी शरणार्थीका पक्षमा आवाज उठाउँदै आएका भम्पा राईले भुटानी शरणार्थी समस्या समाधानका लागि पहल गर्न नेपाल सरकारसँग अनुरोध गरेका छन् ।
रिपब्लिका दैनिकलाई प्रतिक्रिया पठाएर राईले नेपाल सरकारले भुटानी शरणार्थीको समस्यालाई भुलेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘नेपालले स्वदेश फिर्ताको विषयलाई पूरै बिर्सेको देखिन्छ ।’
नेपालमा रहेका भुटानी शरणर्थीलाई खाद्यान्नसहितका समस्या रहेको राईले बताएका छन् ।
‘नेपालमा बस्ने मेरो भुटानी शरणार्थी समुदायले खाद्यान्नको अभाव, स्वास्थ्य सेवा, उनीहरूलाई छुट्याइएको झुपडी र निहीत स्वार्थी मानिसहरूले खेलेको सानो फोहोर राजनीतिले गर्दा दैनिक जीवन निर्वाह गर्न धेरै समस्याहरू भोगिरहेका छन्’, राईले भनेका छन् ।
उनले नेपालको झापास्थित भुटानी शरणार्थी शिविरमा रहेका भुटानीहरूका विषयमा आवाज उठाइदिन अनुरोध गरेका छन् । राईले प्रश्न गर्दै भनेका छन्, ‘के तपाईं यी असहाय शरणार्थीहरूलाई बचाउन केही गर्न सक्नुहुन्छ ?’
लामो समयदेखि झापामा रहेका भुटानी शरणार्थीहरू स्वदेश फिर्ताको पखाईमा छन् । केही शरणार्थी अमेरिकासहितका विभिन्न मुलुकमा स्थान्तरण भएका छन् ।
बाँकी शरणार्थीहरू भुटान फिर्ता हुन पाइन्छ कि भनेर आफ्नो मुलुक जाने चाहनामा अझै पनि झापामा छन् ।
नेपाल सरकारले पनि पछिल्लो समय भुटानी शरणार्थी फिर्ताका विषयमा चासो नदेखाएको आरोप छ ।
भुटानी शरणार्थीका विषयमा आवाज उठाउँदै आएका नेताहरू विभाजित भएका कारण समस्या समाधानमा पनि जटिलता भएको चर्चा हुने गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया