घोराहीमा कांग्रेसको सचेतना कार्यक्रम, उप–सभापति खनाल सहभागी
घोराही । दाङको घोराही उप–महानगरपालिकाको बजार क्षेत्रमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले मास्क अभियान चलाएका छन् ।
बिहीबार कोरोना महामारीबाट बच्नका लागि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दै कांग्रेसको घोराही उप–महानगरपालिका वडा नं. १५ कार्यसमितिले अभियान चलाएको हो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप–सभापति एवम् पूर्वसांसद राजु खनालले अभियानको प्रारम्भ गरेका हुन् ।
नेता खनालले कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यकर्मीहरूले बनाएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए ।
उनले सबैले मास्क लगाउने, बेलाबेला साबुन पानील हात धुने, कम्तीमा दुई मिटर टाढा रहने जस्ता कार्य गर्ने हो भने कोरोनाबाट बच्न सकिने बताए ।
नेता खनालले भिडभाडमा नजान र भिड गरेर कोरोनाको जोखिम नबढाउन अपील गरेका छन् ।
कांग्रेसका नेता कार्यकर्ताले बजार क्षेत्रमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने कार्य गरेका छन् ।




बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया