नक्कली थ्रीएम मास्कसहित त्रिपुरेश्वरबाट ४ जना पक्राउ
काठमाडौं । नक्कली अमेरिकन ब्राण्ड थ्रीएम मास्कको बिक्री गर्ने महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वरबाट उस्तै देखिने कम गुणस्तरको ६ हजार १ सय १४ थान थ्रीएम मास्कसहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ललितपुरको टीकाथली घर भएका ३४ वर्षीय बुद्धिबहादुर कार्की, काठमाडौं भोटेबहाल बस्ने भारतको राजस्थान घर भएका नक्कली थ्रीएम मास्कको सप्लायर्स २० वर्षीय यश अग्रवाल, २० वर्षीय श्री यान्स लावटी र ललितपुरको सातदोबाटो बस्ने अनेष्ट सप्लायर्सका म्यानेजर संखुवासभाको सभापोखरी गाउँपालिका–१ घर भएका २३ वर्षीय मुक्तिप्रसाद पोखरेल रहेका छन् ।
काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा अमेरिकन ब्राण्ड थ्रीएम मास्क तथा थ्रीएम हेल्थक्येर युएसको नक्कल गरी कम गुणस्तरका माक्स नेपाली बजारमा बिक्री बितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्समा छापामारेको थियो ।
जाँच गर्ने कम गुणस्तरको मास्क फेला पारी उनीहरूलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
महालक्ष्मी इशान इन्टरप्राइजेजबाट ४ हजार १ सय ९४ थान र अनेष्ट सप्लायर्सबाट १ हजार ९ सय २० थान नक्कली थ्रीएम मास्क प्रहरीले बरामद गरेको छ ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया