प्रहरीका नाम चलेका यी मान्छेको दशा बिग्रियो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पूर्व नायब निरीक्षक (सई) हरि खड्काविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

महानगरीय प्रहरी गण नम्बर २, मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समिति)मा कार्यरत सई खड्काको आईए (प्रविणता प्रमाणपत्र तह)को शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

खड्काले माध्यामिक शिक्षा परिषद् बाराणशी, उत्तरप्रदेश भारतबाट जारी भएको शैक्षिक योग्यता (आईएको) को झुठा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा २०५५ कात्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक (असई) पदमा नियुक्त भएको अख्तियारले जनाएको छ ।

उनी २०५९ पुस १४ गते प्रहरी नायब निरीक्षक (सई)मा बढुवा भएका थिए ।

यसरी उनले नेपाल सरकारलाई हानिनोक्सानी पु¥याई आफूसमेतलाई लाभ हुने बदनियत राखी भ्रष्टाचारजन्य काम गरेको अख्तियारले जनाएको छ ।

Published : Wednesday, 2022 January 26, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया