प्रतिबन्धित भारतीय रुपियाँसहित बब्लु पक्राउ

सिमरा । बारा जिल्लामा प्रहरीले प्रतिबन्धित भारतीय रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ ।

जितपुरसिमरा उप–महानगरपालिका–१ सिमरा विमानस्थलबाट भारतको बिहार नवाधा थाना अक्बरपुर बस्ने ३८ वर्षीय शिवशंकर बब्लुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपालमा प्रतिबन्धित २ हजार दरका १ सय थानसमेत २ लाख भारतीय रुपियाँ रुपियाँसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

डिपार्चर रुममा काठमाडौंतर्फ जान लागेका यात्रुहरूलाई विमानस्थल सुरक्षा गार्डमा खटिएका प्रहरीले जाँच गर्ने क्रममा बब्लुलाई प्रतिबन्धित नगद रुपियाँसहित फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

बब्लुलाई बरामद नगदसहित आवश्यक कारबाहीको लागि क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पठाइएको छ ।

Published : Sunday, 2022 January 23, 6:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया