दाङको राजपुरमा कम्युनिस्ट समर्थक कार्यकर्ताहरू कांग्रेसमा प्रवेश

राजपुर । दाङको राजपुर गाउँपालिकामा केही युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस राजपुर गाउँपालिका वडा नं. २ को कार्यसमितिले आयोजना गरेको कार्यक्रममा एमाले, माओवादी केन्द्रका स्थानीय युवाहरू प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई केन्द्रीय सदस्य योगेन्द्र चौधरीले पार्टीमा स्वागत गरेका छन् ।

दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले नवप्रवेशी युवाहरूलाई केन्द्रीय सदस्य चौधरीले पार्टीका सदस्यता प्रदान गरेर स्वागत गरेको जानकारी दिए ।

त्यस क्रममा केन्द्रीय सदस्य चौधरीले एक वर्षभित्र तीन तहका निर्वाचन आउन लागेको भन्दै निर्वाचनको तयारीमा रहन आग्रह गरेका छन् ।

उनले कम्युनिस्टबाट दिक्क भएका जनताले कांग्रेसलाई तीन वटै निर्वाचनमा जिताउने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य योगेन्द्र चौधरी, क्षेत्रीय सभापति भेषराज पाण्डे, नेता जानकीलाल बस्नेत, जिल्ला सचिव बालिका लम्साल, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, कांग्रेस नेतृ गिरिजा न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2022 January 23, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया