सीता दाहाल आईसीयूमा भर्ना, कोराना र निमोनिया

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

सीतालाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ । मेडिसिटी अस्पताल निकै महँगो मानिन्छन् ।

कोरोना लागेपछि सीता तीन दिनदेखि अस्पतालमा भर्ना भएकी छिन् । उनलाई निमोनियासमेत देखिएको छ ।

सीता पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)बाट लामो समयदेखि पीडित छिन् ।

Published : Sunday, 2022 January 23, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया