खड्गप्रसाद ओली र राधिका शाक्यलाई कोरोना संक्रमण
काठमाडौं । एमालेका अध्यक्ष खडगप्रसाद ओलीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्य भक्तपुरको बालकोटमा रहेको आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।
ओलीको एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि ओली र शाक्यले पीसीआर परीक्षण गरेका थिए ।
एमालेका अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएको यो पहिलोपल्ट हो ।
ओलीलाई कोरोना संक्रमण भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन रोकिएको थियो ।
यसअघि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरूलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
Published : Sunday, 2022 January 23, 11:39 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया