सरकारले सात प्रदेशमा १ करोड ३३ लाख सिटामोल पठायो
काठमाडौं । कोरोना महामारीका बेला ज्वरोको औषधि पारासिटामोल अभाव भएको भनिएका बेला सरकारले देशभरि प्यारासिटामोल औषधि पठाएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट पारासिटामोल पठाएको जानकारी दिएको छ ।
कोरोना भाइरसको संक्रमण बढेपछि पछिल्लो केही दिनयता बजारमा पारासिटामोलको अभाव देखिएको समाचार सम्प्रेषण भएका थिए ।
त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकरदास बैरागीलाई बोलाएर प्यारासिटामोल औषधिका विषयमा चासो राखेका थिए ।
देउवाले छिटोभन्दा छिटो प्यारासिटामोलको अभाव हुन नदिन निर्देशन दिएका थिए ।
मन्त्रालयले केन्द्रीय मेडिकल स्टोर पथलैयाबाट प्रादेशिक स्टोरहरूमा पारासिटामोल ५०० एमजीका ट्याब्लेट वितरण गरेको छ ।
प्रदेशहरूमा पठाइएको बाहेक अझै सरकारसँग ११ लाख ५८ हजार ट्याब्लेट पारासिटामोल स्टकमा रहेको छ ।
प्रदेश १ को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले २७ लाख ६४ हजार प्यारासिटामोल पाएको छ ।
मधेश प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषाले २१ लाख ३० हजार प्यारासिटामोल पाएको छ ।
बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाले १० लाख ९८ हजार प्यारासिटामोल पाएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखराले १८ लाख प्यारासिटामोल पाएको छ ।
लुम्बिनी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलले २७ लाख ३० हजार प्यारासिटामोल पाएको छ ।
कर्णाली प्रदेशको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्जले १० लाख २० हजार प्यारासिटामोल पाएको छ ।
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीले १८ लाख प्यारासिटामोल पाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया