मन्त्री यादवलाई बर्खास्त गर्न माग, कांग्रेसकै नेताले मागे राजीनामा
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेणु यादवलाई बर्खास्त गर्न दवाव परेको छ ।
मन्त्री यादवले पदीय आचरण विपरीत रौतहट जिल्लाको गौरमा बिहीबार आयोजित जसपा नेपालको कार्यक्रममा हिंसा गर्ने कुरा बोलेपछि आलोचना भएको हो । मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई गौर घटना जस्तै बनाइदिने बताएकी थिइन् ।
२०६३ साल चैत ७ गते राइसमिलमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए ।
त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा (माओवादी)का २८ कार्यकर्ताको हत्या भएको थियो ।
गौरको नरसंहार जस्तै बनाउने अभिव्यक्ति दिएपछि मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग उठेको छ ।
सीके राउतले पनि विज्ञप्ति जारी गरेर हिंसात्मक अभिव्यक्ति दिने यादवलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरेका छन् । उनले मन्त्री यादवको अभिव्यक्तिको आलोचना गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पनि मन्त्री यादवको अभिव्यक्ति पदीय मर्यादा विपरीत रहेको जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गौर काण्ड दोहोर्याउने चेतावनी दिने मन्त्री रेणु यादव मन्त्री पदमा बस्न लायक देखिइनन्, जिम्मेवार पदमा रहेर हिंसाको वकालत मान्य छैन ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया