नेपाली भूमि लिपुलेकमा सडक बनाउने मोदीको निर्णयको एमालेद्वारा विरोध
काठमाडौं । एमालेले भारतले लिपुलेकको नेपाली भूमिमा सडकलगायत संरचना बनाउँदा पनि सरकार मौन बसेको भन्दै विरोध जनाएको छ ।
एमालेका परराष्ट्र मामिला विभागका प्रमुख डा.राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गरेर सीमालगायत थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने सहमतिविपरित भारतले नेपाली भू–भागमा सडकलगायत संरचना निर्माण गरेकामा एमालेको ध्यानाकर्षण भएको बताएका छन् ।
एमालेका नेता डा.भट्टराईले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पु¥याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने माग गरेको छ ।
सडकलगायत संरचना निर्माण रोकेर वार्ताको माध्यमबाट यो विषय टुङ्गो लगाउनुपर्ने एमालेले जनाएको छ ।
‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
एमालेले भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बल मिच्याइँ रोक्न लगाउन माग गरेको छ ।
नेपाली भू–भागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग एमालेका नेता डा.भट्टराईको छ ।
केही दिन अगाडि भारतीय प्रधानमन्त्री नरेनद्र मोदीले नेपाली भूमि लिपुलेकमा सडक बनाउने घोषणा गरेका थिए ।
मोदीको विवादास्पद अभिव्यक्तिका नेपालमा विरोध हुँदै आएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया