रिभरसाईड होटलमा यी हुन् युवती मिलाइदिने दलालहरू

इटहरी । सुनसरी जिल्लामा बेश्यावृत्ति गराउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

इटहरी उप–महानगपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजबाट बेश्याबृत्ति गराउने कार्यामा संलग्न २ जनालाई पक्राउ गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–४ का ३६ वर्षीय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका–५ का २० वर्षीय मीनराज पराजुली रहेको प्रहरीले जनाएको छ ।

मंसिर २८ गते रिभरसाईड होटल एण्ड लजमा बेश्याबृत्ति गर्ने गराउने कार्य भइरहेको छभन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पीडितलाई उद्वार गरेको जनाएको छ ।

बेश्याबृत्ति गर्ने गराउने लेप्चा र पराजुली दुवै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।

पैसा लिएर पुरुष ग्राहकलाई लेप्चा र पराजुलीले ‘तरुनी’ मिलाइदिने ‘दलाल’को कार्य गर्दै आएका थिए ।

Published : Friday, 2021 December 17, 9:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया