सभापति जित्न देउवाले यो संख्या कटाउनै पर्ने

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा निर्वाचित हुन शेरबहादुर देउवालाई ५ सय ४२ मत आवश्यक पर्ने भएको छ ।

मत गणना हुन करीव ९ सय मत रहेको छ । देउवाले यो मतबाट ५४२ मत कटाएमा पहिलो चरणमै सभापति बन्नेछन् । अन्यथा सभापतिका लागि दोस्रो चरणको मतदान हुनेछ ।

कांग्रेसका कुल ४ हजार ७ सय ४३ मतदाता छन् । त्यसमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो ।

सभापतिमा ५ जना प्रतिस्पर्धी छन् । देउवा र शेखर कोइरालाबीच टक्कर चलिरहेको छ ।

प्रकाशमान सिंहले पनि राम्रो मत पाएका छन् । विमलेन्द्र निधिले निकै कम मत पाएका छन् । सबैभन्दा पुच्छारमा रहेका कल्याण गुरुङले २० मत पनि कटाउन सकेका छैनन् ।

Published : Tuesday, 2021 December 14, 8:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया