यी तीन प्रदेशमा देउवाले मतअन्तर ह्वात्तै बढाए, कर्णाली र सुदूरपश्चिम अझैँ बाँकी
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको पछिल्लो मतगणना शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन् ।
मंगलबार बिहान ३१ सय भोट गनिसक्दा सभापतिमा देउवाले अग्रता बढाउँदै लगेका हुन् । देउवाले १५०६ मत ल्याएका छन् ।
प्रदेश नं. १ र २ तथा गण्डकी प्रदेशको मतगणना सक्किएको छ । यी तीन प्रदेशमा मतगणना गर्दा देउवाले फराकिलो अन्तर बनाएका हुन् ।
सभापतिका निकटतम शेखर कोइरालाले ११७८ मत पाएका छन् । प्रकाशमान सिंहले २५४ मत पाएका छन् ।
विमलेन्द्र निधिले १७३ मत पाएका छन् । सभापतिका अर्का प्रत्यासी कल्याण गुरुङले १५ मत पाएका छन् ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४ हजार ६७९ मत खसेको छ ।
सभापति पदमा जितका लागि कुनै पनि उम्मेदवारले २ हजार ३४० मत ल्याउनुपर्नेछ ।
Published : Tuesday, 2021 December 14, 7:49 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया