प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोले, को–को नेता पुगे ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनलाई केन्द्रित बनाएर सम्पर्क कार्यालय खोलेका छन् ।

मंगलबार बिहान नेता सिंहले काठमाडौंको रामशाहपथस्थित पार्टी प्यालेस भाडामा लिएका हुन् । उनले सोही पार्टी प्यालेसलाई सम्पर्क कार्यालय बनाएका छन् ।

नेता सिंहले १४औँ महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सिंहले सभापतिबाट ब्याक नहुने जनाइसकेका छन् ।

नेता रामचन्द्र पौडेलको गठबन्धनमा रहेका सिंहलाई सभापतिमा छाडेर गठबन्धनभित्रका नेताहरूलाई साथ दिन दवाव छ ।

सिंहको सम्पर्क कार्यालय उद्घाटनमा काठमाडौं कांग्रेस सभापति कृष्णसबुज बानियाँ र ललितपुर कांग्रेसका सभापति जितेन्द्रकुमार श्रेष्ठ पनि सहभागी थिए ।

केन्द्रीय सदस्य राजन केसी र काठमाडौं महानगरकी उप–प्रमुख हरिप्रभा खड्गीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

यसअघि, उप–सभापति विमलेन्द्र निधिले नयाँ बानेश्वरको थापागाउँको एउटा पार्टी प्यालेसलाई सम्पर्क कार्यालय बनाइसकेका छन् ।

Published : Tuesday, 2021 December 7, 11:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया