कर्णाली प्रदेश कांग्रेस सभापतिमा ललितको फराकिलो अन्तर, भुपेन्द्र र मोतीको ‘भागाभाग’
वीरेन्द्रनगर । नेपाली कांग्रेस कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाहीले फराकिलो मतअन्तर बनाएका छन् ।
वीरेन्द्रनगरमा जारी मतगणनामा ललितले ३३५ मत पाएको नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिए । ६ सय मत गणना हुँदा ललितले ३३५ मत पाएका हुन् ।
सभापतिका उम्मेदवार ललितजंग शाही सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।
सभापतिका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले २५४ मत पाएका छन् । भुपेन्द्र नेता रामचन्द्र पौडेल निकटका हुन् । नेपाल तरुण दलका टीके महामन्त्री बनेपछि उत्पात मच्चाएपछि भुपेन्द्रलाई कारबाही गरेर अपदस्त गरिएको थियो ।
उप–सभापति विमलेन्द्र निधि निकटका सभापति मोतीराज बमले २ मत पढाएर ४ पुर्याएका छन् ।
कर्णाली प्रदेश कांग्रेसको सभापतिको मत गणना अब १६२ मतमात्रै गणना गर्न बाँकी छ । सभापतिमा ललितजंग शाहीको जित निश्चित सरह भएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया