सुदूरपश्चिम कांग्रेसको सभापतिमा प्राम्भीक चरणमै अत्याधिक फराकिले अन्तर

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बीरबहादुर बलायरले प्रारम्भीक नतिजामै फराकिलो मतको अन्तरि लिएका छन् ।

शनिबार मध्यरातिदेखि शुरु भएको मतगणनामा सभापतिका उम्मेदवार बलायरले १०० मत पाएका छन् ।

सभापति पदका अर्का प्रतिस्पर्धी नारायणदत्त मिश्रले ४० मत पाएका छन् ।

सभापतिका उम्मेदवार बलायर सभापति शेरबहादुर देउवा निकटका हुन् । मिश्र नेता रामचन्द्र पौडेल निकटका मानिन्छन् ।

प्रारम्भीक चरणमा देखिएको सुदूरपश्चिम कांग्रेसको सभापतिको नतिजाअनुसार बलायरले जित्ने पक्का जस्तै रहेको चर्चा छ ।

Published : Sunday, 2021 December 5, 2:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया