कर्णाली प्रदेश कांग्रेसको सभापतिमा रहर लाग्ने प्रारम्भीक नतिजा आयो

वीरेन्द्रनगर । नेपाली कांग्रेस कर्णालीको मध्यरातिबाट शुरु भएको मतगणनाको प्रारम्भीक नतिजा आउन शुरु गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार मध्यरातबाट शुरु भएको सभापति पदको मतगणनामा सभापतिका उम्मदवार ललितजंग शाहीले प्रराम्भीक अग्रता लिएका नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिएका छन् ।

एक सय मत गणना हुँदा ललितजंग शाहीले ५५, भुपेन्द्रजंग शाहीले ४३ र मोतीराज बमले २ मत पाएको तरुण अध्यक्ष विष्टले बताए ।

कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही, भुपेन्द्रजंग शाही र मोतीराज बमबीच प्रतिस्पर्धा भएको छ ।

सभापतिमा तीन जना भएका कारण दोस्रो चरणको मतदान हुने सम्भावनालाई ध्यानमा राखेर पहिला सभापतिको मतगणना शुरु भएको छ ।

ललितजंग शाही सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । भुपेन्द्रजंग शाही नेता रामचन्द्र पौडेल निकटका हुन् । मोतीराज बम उप–सभापति विमलेन्द्र निधि निकटका मानिन्छन् ।

Published : Sunday, 2021 December 5, 1:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया