बाग्मती कांग्रेसको मतगणनाको के छ अवस्था ?
हेटौँडा । नेपाली कांग्रेस बाग्मती प्रदेशको मतगणना मध्य रातिबाट शुरु भएको छ ।
शनिबार राति १२ बजेदेखि मतगणना शुरु भएको हो ।
सभापतिमा इन्द्रबहादुर बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधानबीच प्रतिस्पर्धा भएको छ ।
बानियाँ सभापति शेरबहादुर देउवा निकटका हुन् । केसीलाई नेता रामचन्द्र पौडेल समूहको समर्थन छ । प्रधान नेता कृष्णप्रसाद सिटौला समूहका हुन् ।
शनिबार राति सम्पन्न चुनावमा कुल २ हजार ८३ मत खसेको थियो ।
बाग्मतीमा मतदाता २ हजार १ सय ५१ जना रहेका छन् ।
तीन जना सभापतिका उम्मेदवार भएका कारण दोस्रो चरणको मतदान हुने सम्भावना रहेको चर्चा छ ।
Published : Sunday, 2021 December 5, 1:15 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया