पौडेल समूहद्वारा कर्णालीमा कांग्रेसको अधिवेशन बिथोल्ने हर्कत, शाहीले मच्चाए भाँडभैलो
काठमाडौं । उपद्रो मच्चाएपछि नेपाल तरुण दलको महासचिव पदबाट अपदस्थ गरिएका भुपेन्द्रजंग शाही जहाँ जान्छन् त्यहाँ भाँडभैलो मच्चाउँछन् भन्ने चरितार्थलाई सुर्खेतमा पुगेर पुष्टि गरेका छन् ।
तरुण दलमा रहँदा नेपाली कांग्रेसको जागरण अभियानको विरोध गरेका शाहीका यस्तै खालका हर्कतका कारण महासचिव पदबाट कारबाही गरेर निकालिएको थियो ।
नेपाली कांग्रेस कर्णाली प्रदेशको महाविधेशनको बिहीबार उद्घाटन हुँदै गर्दा शाहीसहितका नेताहरूको उक्साहटमा नेता रामचन्द्र पौडेल समूहले उद्घाटन सत्रमा उपस्थिति नजनाएर औकात देखाएको छ । उद्घाटनसत्र भव्य रुपमा भएको छ । महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको उद्घाटन गरेका थिए ।
पौडेल समूहका नेताहरू हृदयराम थानी, शिवराज जोशी, दीनबन्धु श्रेष्ठ, खड्ग बस्याल, भुपेन्द्रजंग शाही लगायतका नेताहरू उद्घाटन कार्यक्रमको मञ्चमा देखिएनन् । उनीहरूलाई आसन ग्रहणको लागि नाम बोलाइएको थियो ।
थानी जस्ता राम्रा र असल नेताहरूले केही कमीकमजोरी थियो भने सम्वाद गरेर मिलाउनु पर्ने थियो । तर, शाहीको भाउतोमा लागेर कार्यक्रममै नजाने कार्य गरेर कार्यकर्ताको मन दुखाएका छन् ।
पौडेल समूहका नेताहरूले कांग्रेसको महाधिवेशनलाई बिथोल्ने गरेर हर्कत गरेपछि कार्यकर्ता चिन्ता जनाएका छन् ।
कर्णाली प्रदेशमा संस्थापन समूह बलियो छ । सभापतिसहितका पदमा संस्थापन पक्षले कब्जा गर्ने भएपछि डराएको पौडेल समूहले महाविधेशन विथोल्न हर्कत गरेको आरोप छ ।
पौडेल समूहबाट शाहीले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । नेविसंघ र तरुण दलमा रहँदा शाहीले गरेका कर्तुतहरू काठमाडौंमा किस्साका रुपमा चर्चा हुने गरेको छ ।
नेविसंघ र तरुण दलमा रहेका बेला शाहीले उल्लेख्य रुपमा काठमाडौं उपत्यकामा जमीन उल्लेख्य जोडेको आरोप छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया