इन्द्र बानियाँको नेतृत्वमा बाग्मतीमा कांग्रेसले सबै निर्वाचन जित्ने हो : डा.महत
हेटौँडा । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले अबको निर्वाचन जित्ने गरेर कांग्रेसका नेता कार्यकर्ताबीच अर्जुनदृष्टि राखेर जानुपर्ने बताएका छन् ।
बाग्मती प्रदेश कांग्रेसको महाधिवेशनलाई बिहीबार हेटौँडामा सम्बोधन गर्दै डा.महतले कांग्रेसका नेता कार्यकर्ता एकताबद्ध भयौँ भने कसैले पनि हराउन नसक्ने बताए । उनले कम्युनिस्टको झुठको कुरालाई जनतालाई बुझाउनुपर्ने चुनौती पनि रहेको बताएका छन् ।
सह–महामन्त्री डा.महतले भने, ‘आउने निर्वाचनलाई केन्द्रविन्दुमा राखेर काम ग¥यौँ भने हाम्रो जित सुनिश्चित छ । कम्युनिस्टको नक्कली कुरालाई परास्त गर्न सक्नुपर्छ ।’
उनले भने, ‘कांग्रेसले लाखौं जनतालाई सक्रिय बनाएर महाधिवेशन गरेका छौँ । अरु दलले पनि महाधिवेशन गरेका छन् । अरु दलहरूको कसरी अधिवेशन भयो ? कसरी समाप्त भयो थाहा भएन ।’
एमालेप्रति संकेत गर्दै नेता डा.महतले भने, ‘अरु दलहरूको पनि महाधिवेशन भएको छ । लोकतान्त्रिक प्रक्रिया गर्न दिइएन ।’
‘हामीले पार्टीमा लोकतान्त्रिक प्रक्रियालाई भरपुर अवसर दिएका छौँ । अधिवेशन गरेका छौँ’, सह–महामन्त्री डा.महतले ‘हाम्रो पार्टीको निर्वाचन प्रणाली चुनौती र अवसर दुबै हो ।’
सह–महामन्त्री डा.महतले कांग्रेसभित्र व्यक्ति होइन विचार केन्द्रित राजनीति अगाडि बढाउनुपर्छ । विचार र सिद्धान्तमा राजनीति गर्नुपर्छ ।’
‘व्यक्तिवादी कुरा गरियो भने त्यसले राम्रो गर्दैन’, उनले भने, ‘हामीले गरेका काम जनताको बीचमा लिएर गयौँ भने कांग्रेसको जित सुनिश्चित छ ।’
डा.महतले कम्युनिस्टले नभएको कुरा गरेर जनतालाई सधैँ झुक्काउने गरेको बताए । उनले भने, ‘कम्युनिस्टले नभएका कुरालाई झुटको रुपमा प्रचार गरेर मत ल्याएर जित्ने गरेका छन् ।’
‘कम्युनिस्टले जितेर आए । कम्युनिस्टको जित लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा बनेको थिएन । असन्तुष्टि भयो । सरकारमा अन्याय, अत्याचार र विभेदकारी कार्य बढ्यो’, उनले भने, ‘लोकतन्त्रविरुद्धका काम भयो । त्यसपछि कांग्रेसलाई नेतृत्व लिन भनियो ।’
उनले भने, ‘सबैले आग्रह गरेपछि सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिनु भएको छ । कांग्रेसको नेतृत्वमा सरकार बनेको छ ।’
‘यो संयुक्त सरकार हो । धेरै गर्न सक्दैनौँ । अर्को निर्वाचन एक भएर गयौं भने जित्ने छौँ’, डा.महतले भनेका छन् ।
मकवानपुर जिल्लामा कमजोर रहेको कांग्रेस बलियो बनाएको भन्दै इन्द्रबहादुर बानियाँको प्रशंसा गरेका सह–महामन्त्री डा.महतले आगामनी निर्वाचनमा बानियाँको नेतृत्वमा बाग्मती प्रदेशभरि कांग्रेसलाई सबै तहमा जिताउने बताए । उनले बानियाँले कांग्रेसको संगठन निर्माणमा गरेको योगदानलाई कांग्रेसका नेता कार्यकर्ताले भरपुर रुपमा प्रयोग गर्नुपर्ने बताए ।
डा.महतले घुमाउरो भाषामा बाग्मती प्रदेशको सभापतिमा बानियाँलाई विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् ।
बाग्मती प्रदेश संसदीय दलका नेता बानियाँले बाग्मीत प्रदेश कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया