कांग्रेसको प्रदेश महाधिवेशनहरू आज, उद्घाटन गर्न कहाँ जाँदैछन् देउवा ?
काठमाडौं । नेपाली कांग्रेसको प्रदेशहरूमा आज (बिहीबार) प्रदेशको प्रथम महाधिवेशन हुँदैछ ।
महाधिवेशनको सबै तयारी भएका छन् । महाधिवेशनलाई नेताहरूले सम्बोधन गर्नेछन् । महाधिवेशन प्रतिनिधिहरू आ–आफ्नो स्थानमा पुगिसकेका छन् ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेश कांग्रेसको महाधिवेशन उद्घाटन गर्नेछन् ।
सभापति देउवा आउने भएपछि बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको प्रदेश अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिएका छन् ।
कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा बिहीबार बिहान ११ बजे हुनेछ ।
प्रदेशको संरचनाअनुसार कांग्रेस प्रदेशको निर्वाचन यो पहिलोपटक हुँदैछ ।
प्रदेश सभापतिमा देउवा समूहबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले उम्मेदवारी घोषणा गरेका छन् ।
कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौं जिल्लाका पूर्वसभापति तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् ।
नेता रामचन्द्र पौडेल समूहले प्रदेश सभापतिमा जगदीश्वरनरसिंह केसीको नाम अगाडि सारेको छ ।
बागमती प्रदेश अधिवेशनमा मंसिर १७ गते मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया