पर्वत कांग्रेसमा केन्द्रीय सदस्य जोशीले भाईलाई सभापति बनाए, परिवारभित्र छिर्यो कांग्रेस
कुश्मा । नेपाली कांग्रेस पर्वतको जिल्ला सभापतिमा युवराज जोशी निर्वाचित भएका छन् ।
शुक्रबार बिहान प्राप्त अन्तिम नतिजाअनुसार जोशी ६०९ मतसहित निर्वाचित भएका हुन् । जोशीसँग यामबहादुर मल्ल ‘रामकृष्ण’ पराजित भएका छन् । मल्लले ४४९ मत पाएका थिए । जोशी र मल्लबीच जम्मा १६० मतको फरक थियो । सभापतिमा अर्का उम्मेदवार मिलन सुवेदीले ९६ मत पाएका थिए ।
सभापतिमा निर्वाचित जोशी र पराजित भएका मल्ल दुबै सभापति शेरबहादुर देउवा निकटका हुन् । जोशी र मल्लबीच मात्रै प्रतिस्पर्धा भएको भए मल्लले जित्ने सम्भावना थियो ।
मल्ललाई देउवा निकटका नेता नवराज गुरुङसहितका नेताहरूको समर्थन थियो । मल्ललाई नेता रामचन्द्र पौडेल समूहले पनि समर्थन गरेको थियो ।
सभापतिमा निर्वाचित युवराज जोशी कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीका भाई हुन् । भाईलाई जिताएर केन्द्रीय सदस्य जोशीले आफ्नो राजनीतिलाई सुरक्षित बनाएका छन् ।
गण्डकी प्रदेशको सभापतिमा दाबी गरिरहेका अर्जुनप्रसाद जोशीलाई भाईको जितले हानी वा फाइदा के हुन्छ भविष्यले बताउनेछ ।
सभापतिमा भाईलाई जिताएका अर्जुनप्रसाद जोशीले प्रतिनिधि सभाको निर्वाचनमा पुनः दाबी गरिरहेका छन् ।
पर्वत कांग्रेसभित्र केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले परिवारवाद लादेको भन्दै विरोध भइरहेका बेला भाईलाई सभापति बनाएका छन् । जोशी समूहलाई नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङको पनि सर्मथन थियो ।
अधिवेशनबाट उप–सभापतिमा डा.चुडामणि शर्माले ६९१ र शिव प्रसाद सुवेदी ५६५ मत पाएर विजयी भएका छन् ।
सचिवमा अशोक उचै ठकुरीले ५७३ र गुप्तनिधि शर्माले ३७३ तथा सह–सचिवमा अच्युत तिवारीले ६५८ र तिलकप्रसाद भुसालले ४१९ मत ल्याएर विजयी भएका छन् ।
जिल्ला सदस्यहरूमा ओम गिरी, प्रमोद पाण्डे, कुलप्रसाद शर्मा विजयी भएका छन् ।
लक्ष्मीदेवी बैरागी, हेम शर्मा पौडेल, जगतशंकर पौडल, प्रकाश आचार्य, मुकुन्द गौतम, रामचन्द्र तिवारी पनि सदस्यमा विजयी भएका छन् ।
भोर्ले सार्की, मनमाया नेपाली, राजु विक, लेखबहादुर थापा, शान्ति शर्मा कुमाल पनि जिल्ला सदस्यमा विजयी भएका छन् ।
जिल्ला सदस्यमा लक्ष्मीकुमारी हमाल, कमलाकुमारी शर्मा, सावित्री खत्री क्षेत्री, विषमकुमार श्रेष्ठ, गुप्तप्रताप सेन, तुलसीदेवी तिवारी न्यौपाने, टीकाराम भुसाल, लक्ष्मी आचार्य, भुलबहादुर पौडेल, लक्ष्मी मेधासी, कला भट्टराई, पार्वती क्षेत्री भुसाल निर्विरोध भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा सीताकुमार काफ्ले लामिछाने, मुना भुसाल, रेखा गुरुङ, राधाकुमारी कुँवर क्षेत्री, रामचन्द्र जोशी, नवराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी, विद्वान गुरुङ, ऋषिकेश तिवारी, विमलराज क्षेत्री, राजेन्द्रप्रसाद तिवारी, वसन्तबहादुर सिके, खिमप्रसाद भुसाल, खैसरा दर्जी, जितबहादुर नेपाली, मुना शर्मा लामिछाने, मीनाकुमारी केसी, सृजना मल्ल, तोरण मल्ल ठकुरी, डा.केदार सुवेदी, कुलप्रसाद उपाध्याय, मीना कर्माचार्य, मोहनबहादुर गुरुङ, लेखनाथ पौडेल, सनम बेगम (निर्विरोध) निर्वाचित भएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया