सिन्धुपाल्चोकका ३ सभापतिमा मोहन बस्नेत समर्थक निर्वाचित, ‘क’मा पौडेल समूहको जमानत जफत
बाह्रबिसे । नेपाली कांग्रेस सिन्धुपाल्चोकका प्रदेशतर्फका अविधेशनमा सभापति शेरबहादुर देउवा निकटका सभापतिहरू निर्वाचित भएका छन् ।
बिहीबार बिहान प्राप्त चारमध्ये तीन वटा प्रदेशतर्फको सभापतिमा देउवा समूहले कब्जा जमाएको छ । तीन वटै सभापतिमा देउवा समूहले अत्याधिक मतसहित जितेका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नं. १ ‘क’को सभापतिमा आङदोर्जे शेर्पा सभापति अत्याधिक मतसहित निर्वाचित भएका छन् । शेर्पाले ४६४ मत पाएका छन् ।
शेर्पाका प्रतिद्वन्द्व नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार कुमार श्रेष्ठको ५४ मतमात्रै पाएर पराजित भएका छन् । क्षेत्र नं. १ ‘क’मा पौडेल समूह बढारिएको छ ।
क्षेत्र नं. १ ‘क’को उप–सभापतिमा चेङ शेर्पा र टेकबहादुर गुबाजु निर्वाचित भएका छन् । सचिवमा सुवेश थापा र सुरेन्द्र श्रेष्ठ तथा सह–सचिवमा उमेश सुवेदी र राजेन्द्रबहादुर थापा निर्वाचित भएका छन् ।
सिन्धुपाल्चोककै क्षेत्र नं. १ ‘ख’को सभापतिमा देउवा समूहका देवेन्द्र खड्का २५९ मतसहित निर्वाचित भएका छन् । खड्कासँग पौडेल समूहका सभापतिका उम्मेदवार चन्द्रबहादुर सिलवाल १७१ मतसहित पराजित भएका छन् ।
क्षेत्र नं. १ ‘ख’को उप–सभाति रविन्द्र खड्का र रवि तामाङ निर्वाचित भएका छन् ।
सचिवमा रितेश तामाङ र जयन्द्रकुमार लामा तथा सह–सचिव सुरेश लामा र रमेशकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
क्षेत्र नं. १ कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको निर्वाचन क्षेत्र हो । बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा एकलौटी कब्जा जमाएका छन् ।
उता, क्षेत्र नं. २ ‘क’को सभापतिमा देउवा निकटका केशव गिरी निर्वाचित भएका छन् । गिरीले ९ भोटले जितेका हुन् । गिरीसँग पौडेल समूहका देव बानियाँले प्रतिस्पर्धा गरेका थिए ।
क्षेत्र नं. २ को ‘क’मा गिरीको प्यानल नै निर्वाचित भएको छ ।
क्षेत्र नं. २ ‘ख’को मतगणना जारी छ । सभापतिमा देउवा र पौडेल समूहबीच कडा टक्कर चलेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया