डोल्पामा कांग्रेस बिगार्ने अंगदलाई कार्यकर्ताले दिए ठूलो दण्ड, सभापतिमा शाही दोब्बर मतले निर्वाचित
डोल्पा । नेपाली कांग्रेस डोल्पाको सभापतिमा जितेन्द्रबहादुर शाहीले झण्ड दोब्बर मतसहित निर्वाचित भएका छन् ।
बुधबार प्राप्त नतिजाअनुसार शाहीले २३७ मतसहित सभापतिमा जित हासिल गरेको केन्द्रीय सदस्य कर्णबहादुर बुढाले जानकारी दिए ।
सभापतिमा निर्वाचित शाही सभापति शेरबहादुर देउवा निकटका हुन् । देउवा समूहलाई विजयी बनाउन केन्द्रीय सदस्य बुढाले ठूलो प्रयास गरेका थिए ।
नेता रामचन्द्र पौडेल समूहबाट सभापतिमा उम्मेदवार बनेका अंगद बुढा १५७ सहित पराजित भएका छन् । डोल्पा जिल्लामा कांग्रेसलाई कमजोर बनाउन बुढाको ठूलो योगादन रहेको भन्दै अधिवेशनमा पराजित गरेर सबक सिकाएका छन् ।
जिल्ला उप–सभापति पूर्णबहादुर शाही र लक्ष्मण शाही निर्वाचित भएका छन् ।
सचिवमा हिकमतबहादुर शाही र दशरथचन्द रोकाया निर्वाचित भएका छन् । सह–सचिवमा लक्ष्मण शाह र सुरेन्द्र महत निर्वाचित भएका छन् ।
प्रदेशतर्फको निर्वाचन क्षेत्र ‘क’को सभापतिमा केशव बुढा र ‘ख’को सभापतिमा मोती उपाध्याय निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधितर्फ मतपरिणामको गणना भइरहेको छ । बिहीबार बिहानसम्म महाधिवेशन प्रतिनिधिको अन्तिम नतिजा आउने केन्द्रीय सदस्य बुढाले जानकारी दिए ।
केन्द्रीय सदस्य बुढाले सबै तहको अधिवेशनमा सहभागी भएर सक्रिय सहभागिता जनाएको भन्दै सबैलाई धन्यावाद दिएका छन् । उनले अधिवेशनका क्रममा पार्टीको आन्तरिक लोकतन्त्रमा सहभागी सबैलाई अधिवेशनसम्म मात्रै सीमित राखेर एकताबद्ध भएर अगाडि बढ्न अनुरोध गरेका छन् ।
‘कांग्रेसको अधिवेशनमा हामी सबै सहभागी भएका छौँ । आन्तरिक प्रतिस्पर्धालाई अधिवेशनसम्म मात्रै सीमित राख्नुपर्छ’, केन्द्रीय सदस्य बुढाले भने, ‘पार्टीभित्र सबैको जित भएको छ । सबै मिलेर अगाडि बढ्यौँ भने कम्युनिस्टलाई हराउन सक्ने छौँ ।’









बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया