कांग्रेसको यातायात विभागका केन्द्रीय सदस्य खरेलको निधन

काठमाडौं । नेपाली कांग्रेसको यातायात व्यवसायी समन्वय विभागका केन्द्रीय सदस्य प्रेम खरेलको निधन भएको छ ।

आइतबार कांग्रेसका केन्द्रीय सदस्य एवम् विभागका प्रमुख महेन्द्र यादब र प्रसन्नमान श्रेष्ठले संयुक्त रुपमा शोक वक्तव्य जारी गरेर खरेलको निधनबाट ठूलो क्षति भएको जनाएका छन् ।

खरेलप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै यादव र श्रेष्ठले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

खरेल नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल हुँदै राजनीतिमा सक्रिय रहेका थिए ।

Published : Sunday, 2021 October 10, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया