लुम्बिनीको राजधानी रहेको वडा राप्ती– ३ मा पनि कांग्रेसको अधिवेशन सर्वसम्मत
मसुरिया । लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसको अधिवेशनले नयाँ कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन गरेको छ ।
वडा अधिवेशनले श्रीधर खत्रीलाई सभापतिमा चयन गरेको निर्वाचन समितिले जनाएको छ । उप–सभातिमा बुद्धिराम चौधरी र टीकाप्रसाद चौधरी चयन भएका छन् ।
सचिवमा लुमबहादुर केसी र चिन्तामणि भुसाल, सह–सचिवमा चन्द्रबहादुर केसी र तिलबहादुर पुन चयन भएका छन् ।
सदस्यहरूमा नेत्रप्रसाद भट्टराई, निर्मल चौधरी, उत्तमकुमार अधिकारी, बसन्ती सार्की, तिलकुमारी घर्ती, रामचन्द्र चौधरी, चेतनाथ चौधरी, कल्पना चौधरी, शारदाकुमारी आचार्य, मूर्तिकुमारी चौधरी सुधाकुमारी शाही, कुलबहादुर खत्री, थमबहादुर खत्री, डम्बरबहादुर जिसी र रविलाल राउत चयन भएका छन् ।
क्षेत्रीय प्रतिनिधिमा नन्दबहादुर घर्ती मगर, विष्णुप्रसाद मरासिनी, सीता रिजाल, डिल्लीराज चौधरी, मायाकुमारी चौधरी, डिल्लीबहादुर चौधरी, राजेन्द्र बमरेल, आष्मा चौधरी, यशोदा शर्मा घिमिरे, गौसरी घर्ती, दुर्योधन पाण्डे, महेशकुमार शर्मा, चन्द्रबहादुर घर्ती क्षेत्री, अमितराज शर्मा, उमेश अधिकारी र सीताराम गिरी चयन भएका छन् ।
यही वडामा लुम्बिनी प्रदेशको राजधानीको मन्त्रालय रहेको छ । प्रदेश संसदको भवन पनि बनिरहेको छ ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया