चीनद्वारा एमसीसीको विरोधमा यी भाडाका विकास विरोधी दलालहरू परिचालन
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले अमेरिकाले दिन लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई ल्याएर नेपालमा विकास गर्न खोजेका बेला चीनका समर्थकहरूले विरोध गरेका छन् ।
नेपालमा एमसीसी आउँदा चीनलाई सबैभन्दा ठूलो टाउको दुःखाइ भएको छ । एमसीसीको विरोध गर्न चिनियाँ दलालहरूले सामाजिक सञ्जालमा फेक आईडीहरू बनाएर विरोध गरिरहेका छन् । उनीहरूले सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्तिहरू दिएका छन् ।
नेपालमा चीनको लगानी भित्रिएर नेपालको स्रोत साधनलाई कब्जा गर्न चीन लागेपछि नेपालमा चिनियाँ हस्तक्षेप रोक्न अमेरिकाले एमसीसीमार्फत नेपालको विकास गर्न लागेको हो ।
नेपालको विकास गर्न नदिन चीनले भाडाका दलालहरू प्रयोग गरेर एमसीसीको विरोध गरेको छ । एमसीसीको विरोध गर्नेहरू अधिकांश चीनसँग निकट रहेकाहरू छन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभन्दा अगाडि एमालेका अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री थिए । ओलीले एमसीसी पास गराउन ठूलो प्रयास गरेका थिए । ओलीले एमसीसीलाई संसदबाट पारित गराउन सकेका थिएनन् ।
देउवाले दलहरूलाई सहमतिमा ल्याएर एमसीसी पारित गराउन अन्तिम चरणमा रहेका बेला चीनका भाडाका दलालहरूले एमसीसीको विरोधमा विभिन्न फण्डाहरू गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया