बर्दियाबाट तस्करीको केराउ बरामद
बर्दिया । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको ६१ किलो केराउसहित एक जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दियाको मधुबन नगरपालिका–७ बस्ने २० वर्षीय रामकुमार चौधरी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरी ट्याक्टरका ड्राइभर हुन् । केराउका असली मालिकको खोजी भइरहेको छ ।
प्रहरी निरीक्षक गोपाल पौडेल र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको संयुक्त टोलीले मधुबन नगरपालिका– ५ गाउँ नं. ११ बडगाँउबाट केराउ बरामद गरेको हो ।
प्रहरीले भे.१ त.९६५५ नम्बरको ट्याक्टर पनि निन्यन्त्रणमा लिएको छ । ट्याक्टरमा लोड गरी चोरी निकासी गरी भारततर्फ लैजादै गरेको अन्दाजी २ लाख ७६ हजार ५ सय बराबरको ३९ क्विन्टल ३० किलो र नजिकै थुपारी राखेको १ लाख ५४ हजार बराबरको २२ क्विन्टल गरी जम्मा मूल्य रू. ४ लाख ३० हजार ५ सय बराबरको ६१ क्विन्टल ३० किलो केराउ फेला पारेको बर्दिया प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया