कांग्रेस नेता बस्नेतका कारण ६० बालबालिकाले निःशुल्क पढन पाए

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय बाढीपहिरो विपद व्यवस्थापन समन्वय समिति संयोजक एवम् केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोबाट अभिभावक गुमाएका तथा अति विपन्न ६० जना बालबालिकालाई निःशुल्क उच्च शिक्षाका लागि भर्ना गरिदिएका छन् ।

मंगलबार काठमाडौंको लोयला कलेजमा आयोजित विशेष कार्यक्रममा ६० बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिइएको थियो ।

पूर्वमन्त्री समेत रहेका नेता बस्नेतको पहलमा ६० जना बालबालिकाले निःशुल्क रुपमा कक्षा ११ र १२ को अध्ययन गर्न पाउने व्यवस्था गरिदिएका हुन् ।

सुनकोसी गाउँपालिका– ६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको विज्ञ सदस्य रामकुमार थापाको समन्वयमा काठमाडौंको लोयला सेकेण्डरी स्कुल र सान ईन्टरनेशनल कलेजमा तीन बालबालिकाहरूको पढाइ हुनेछ ।

बाढीपहिरो पीडित गरिब, बेसाहारा परिवारका ६० जना जेहेन्दार बालबालिकाहरूलाई निःशुल्क रुपमा कक्षा ११ र १२ को अध्ययन गर्ने व्यवस्थापन मिलाएको जानकारी दिइएको थियो ।

५० जना बालबालिकाले लोयला सेकेण्डरी स्कुलमा अध्ययन गर्नेछन् । १० जना बालबालिकाले सान ईन्टरनेशनल कलेजमा पढ्नेछन् ।

कांग्रेस नेता बस्नेतले बालबालिकाहरूको उच्च शिक्षाका लागि कलेजहरूबाट भएको सहयोग तथा कांग्रेस नेताहरूको पहलको सह्राना गरेका छन् ।

कार्यक्रममा वडाध्यक्ष थापा, लोयला कलेजका निर्देशक भुपालगोविन्द श्रेष्ठ, लोयला कलेजका प्रिन्सिपल रमेश पनेरु, सान ईन्टरनेशनल कलेजका प्रिन्सिपल विष्णु पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2021 August 31, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया