कांग्रेस सह–महामन्त्री डा.महतद्वारा श्रीकृष्णको पूजा र भजनकीर्तन

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले श्रीकृष्ण जन्माष्टमीका अवसरमा कृष्ण भगवानको मन्दिरमा पुगेर पूजाअर्चना गरेका छन् ।

सोमबार साँझ काठमाडौंको बुढानिकलण्ठस्थित भगवान श्रीकृष्णको मन्दिरमा गएर डा.महतले पूजा गरेका हुन् । डा.महतको निजी सचिवालयका अनुसार उनले केही समय मन्दिरमा बसेर भजनकीर्तन पनि सुनेका थिए ।

डा.महतले भगवान श्रीकृष्णको मन्दिरमा पूजा गर्ने क्रममा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरू श्रीकृष्ण जन्माष्टमीका अवसरमा आशीर्वाद मागेका छन् ।

बुढानिकलण्ठको श्रीकृष्णको मन्दिरका सञ्चालक रसियन नागरिक हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वका सरकारले श्रीकृष्ण जन्माष्टमीका अवसरमार देशभरि सार्वजनिक विदा दिएको छ ।

खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले श्रीकृष्णा जन्माष्टीको सार्वजनिक विदा काटिदिएको थियो ।

Published : Monday, 2021 August 30, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया