सह–महामन्त्री थापाको समाजसेवाले धनकुटामा एमाले मुर्छित, उत्पात गर्न थालेपछि सबै आरोप खारेज
धनकुटा । नेपाली कांग्रेसका सह–महान्त्री सुनिलबहादुर थापाले स्वास्थ्य सामग्री वितरणमा एमालेले लगाएको आरोपलाई ठाडै खारेज गरिदिएका छन् ।
धनकुटामा आइतबार पत्रकार सम्मेलन गरेर थापाले निजी प्रयास र साथीहरूको सहयोगबाट स्वास्थ्य सामग्रीहरू संकलन गरेको धनकुटामा वितरण गरिएको बताए ।
उनले एमालेको धनकुटा कार्यसमिति र नेताहरूले लगाएको आरोप झुठा र राजनीतिक प्रतिशोधपूर्ण रहेको बताए । थापाले सरकारी पैसा वा सहयोगबाट कुनै पनि स्वास्थ्य सामग्री आफूले नल्याएको बताए ।
एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य सामग्रीहरू ल्याएर धनकुटामा वितरण गरेको भन्दै सह–महामन्त्री थापाविरुद्ध प्रदर्शन गर्दै आएको छ । एमालेले आफूविरुद्ध उत्पात गर्न थालेपछि पत्रकार सम्मेलन गरे थापाले दुधको दुध पानीको पानी गरिदिएका छन् ।
थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ल्याएको स्वास्थ्य सामग्रीहरू आइपुगे कै दिन भदौ १२ गते धनकुटाको स्वास्थ्य कार्यालयलाई बुझाइसकेको बताए ।
उनले प्यासिफिक होटलमा राखिएको स्वास्थ्य सामग्रीहरू साउन २ गते काठमाडौंमा साथीहरूको सहयोगमा संकलन गरेर ल्याएर राखिएको बताए ।
कांग्रेसका जिल्ला सचिव विजयसन्तोषी राईले धनकुटा कांग्रेसले लेटर प्याड प्रयोग गरी स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा स्वास्थ्य सामग्रीहरू ल्याएको भन्ने एमालेको आरोपलाई खण्डन गरे । उनले एमालेले जस्तो सत्ताको दुरुपयोग कांग्रेसले नगर्ने बताए ।
कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्रीहरू सह–महामन्त्री थापामार्फत ल्याएर धनकुटाका सबै स्वास्थ्य संस्थाहरूमा वितरण गर्न पाउँदा खुसी लागेको सचिव राईले बताएका छन् ।
धनकुटा कांग्रेसको अनुरोधमा सूर्यबहादुर फाउण्डेशनमार्फत थापाले काठमाडौंमा स्वास्थ्य सामग्रीहरू संकलन गरी धनकुटा ल्याइएको थियो ।
थापाले पहिलो चरणको कोरोना महामारीका बेला हेलिकप्टरबाट स्वास्थ्य सामग्रीहरू ल्याएर वितरण गरेका थिए । सह–महामन्त्री थापाले आफ्नै व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्रीहरू ल्याएर वितरण पनि गर्दै आएका छन् ।

कांग्रेस र सह–महामन्त्री थापाले स्वास्थ्य सामग्रीहरूलाई ल्याएर धमाधम जनताका लागि स्वास्थ्य संस्थाहरूलाई वितरण गर्न थालेपछि चकित परेका एमालेका नेताहरू विरोधमा उत्रिएका हुन् ।
कोरोना महामारीका बेला धनकुटामा एमालेका नेताहरूले सिन्को पनि नभाँचेको नेपाली कांग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेलले आरोप लगाएका छन् ।
एमालेले आफ्नै सत्ता हुँदा समेत धनकुटामा जनतालाई राहत हुने गरेर कुनै पनि काम गरेको छैन । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको सत्ता फत्किएको पीडा धनकुटाका नेता कार्यकर्ताले स्वास्थ्य सामग्रीमा ल्याएर पोखेका छन् ।
पत्रकार सम्मेलनमा कांग्रेसका नेता एवम प्रदेश– १ का सांसद लीला सुब्बा, सह–सचिव सीता श्रेष्ठ, जिल्ला सदस्यहरू अम्विका परियार, सुमना तिमिल्सिना, नेताहरू राजन पौडेल, नरेश श्रेष्ठ, धनबहादुर राई, क्षेत्रीय कोषाध्यक्ष निरुपा राई, नगर सभापति रोशन श्रेष्ठ, उप–सभापति मिलन खड्गी, नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष अम्विका धमला, सह–सचिव जानुका सुन्दास लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया