बदनाम काण्ड गर्ने यी एसपीका दिनदशा बिग्रिए, छानविन समित गठन
काठमाडौं । काण्ड गरेका रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहमाथि छानविन गर्न छानविन समिति गठन भएको छ ।
पत्रकारद्वय मोजिबुल्लाह र शेख अतिउल्लाहलाई फसाउन मोटरसाइकलमा लागुऔषध राखिएको घटनामा एसपी शाहमाथि छानबिन गर्न समिति गठन भएको हो ।
प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण महतको नेतृत्वमा छानबिन समिति गठन गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिएका छन् ।
चार सदस्यीय समितिले एसपी शाहसँग सोधपुछ गर्ने प्रवक्ता कुँवरले जानकारी दिए । उनले भने, ‘रौतहटका एसपीसँग छानविन र सोधपुछका क्रममा असहज भयो भने अरु हेडक्वाटर तानेर वा निलम्बन गरेर पनि छानविन गर्न सक्ने अधिकार रहेको छ ।’
‘छानबिनको दायरमा आउने प्रहरी प्रमुख र कर्मचारीलाई अहिले नै कुनै कारबाही गरिएको छैन’, उनले भने, ‘छानबिन समितिले सुझाव दियो भने कारबाही प्रक्रिया अगाडि बढाइन्छ ।’
साउन ३२ गते गौरबाट मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको थियो ।
मोटरसाइकलमा मोजिबुल्लाह र शेख सवार थिए । लागुऔषधसहित आफूहरूलाई पक्राउ गरेपछि पत्रकारद्वयले निर्दोष रहेको र फसाउनका लागि योजनाबद्ध तरिकाले लागुऔषध राखिएको बताएका थिए ।
पछि उनीहरूलाई फसाउन लागुऔषध राखिएको भन्ने विषय सार्वजनिक भएपछि पत्रकार महासंघ रौतहटलगायतले घटनालाई गम्भीर रुपमा लिँदै छानबिन गर्नुपर्ने माग राखेका थिए ।
महासंघको रौतहट शाखाले घटनास्थलको सीसीटीभी फुटेजसमेत निकालेर हेरेको थियो ।
सीसीटीभी फुटेजमा दुई जना युवा मिलेर पत्रकार सवार मोटरसाइकलमा लागुऔषध राखेको देखिएको थियो ।
यसरी लागुऔषध राख्नेमा रौतहटको माधवनारायण नगरपालिका–१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका–१, बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादव रहेको खुलेको थियो ।
उनीहरूले पत्रकारद्वयको मोटरसाइकलमा लागुऔषध राख्दा रौतहट प्रहरी कार्यालयमा कार्यरत असई उदयप्रसाद यादव र जवान मनोजसान कानु नजिकै उभिएर घटना नियालिरहेका थिए । असई यादव र जवान कानु सादा पोसाकमा थिए । पत्रकारद्वयलाई असई यादव र जवान कानुले पक्राउ गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया