नेपालमा अवसरबारे भारतीय पूर्वाधार कम्पनीहरूसँग परामर्श
काठमाडौं । नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय राजदूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिहरू एवम् पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीहरूबीच भर्चुअल अन्तरक्रिया भएको छ ।
नेपालका लागि भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले कार्यक्रममा उपस्थित सहभागीहरूलाई सम्बोधन गरेकी थिइन् ।
भारतीय दूतावासले पूर्वाधार क्षेत्रबारे जानकारी गराएकोे थियो । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव केशवकुमार शर्माले सहभागीहरूसँग जिज्ञासा र प्रश्नहरूको जवाफ दिएका थिए ।
कार्यक्रमको सञ्चालन जीएमआर इनर्जीका प्रमुख कार्यकारी अधिकृत एस.एन. बर्देले गरेका थिए ।
नियोग उप–प्रमुख खम्पाले नेपाल भारतको विशेष साझेदार तथा सबैभन्दा महत्वपूर्ण छिमेकी भएको चर्चा गर्दै भारतको एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउन नेपाल प्रमुख सहयोगीको रुपमा रहेकोे उल्लेख गरिन् ।
खम्पाले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको बताएकी छिन् ।
नेपालमा व्यवसाय क्षेत्रमा सहभागिता जनाउन सह–सचिव केशवकुमार शर्माले भारतीय कम्पनीहरूलाई स्वागत गर्नुका साथै उनीहरूले पूर्वाधार क्षेत्रमा बोलपत्रको मात्रा, दायरा र प्रकृतिबारे जानकारी दिए ।
उनले फन्डिङ्ग मोडालिटी, जोइन्ट भेन्चर र अन्य विषयहरूमा सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ दिए ।
परियोजनाको मापदण्ड अनुरुप उपयुक्त हुने स्थानीय साझेदारहरूसँग सम्बन्ध विस्तार गर्न सहभागीहरूलाई उनले प्रोत्साहित पनि गरेका थिए ।
केही वर्षहरूमा भारतीय पूर्वाधार कम्पनीले भारतभित्र तथा भारत बाहिर प्रमुख परियोजनाहरूको विकास गर्दै गणस्तरीय निर्माण, समयावाधि भित्रै निर्माण सम्पन्न तथा मूल्य प्रतिस्पर्धाका लागि छुट्टै पहिचान बनाउन सफल भएको छ ।
भारतीय पूर्वाधार कम्पनीहरूलाई नेपालमा वृद्धि भइरहेका पूर्वाधार क्षेत्रप्रति आकर्षित गरी नेपालका साझेदारहरूसँग हातेमालो गर्दै प्रविधि, सीप र ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ सो अन्तक्रियाको आयोजना गरिएको हो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया