युरोपका सबै समितिको अधिवेशन गराउन कांग्रेसले दियो गुरुङलाई जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले दिल गुरुङलाई युरोपभित्र रहेका जनसम्पर्क समितिहरूको अधिवेशन सम्पन्न गराउन जिम्मेवारी दिएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका भट्टराईले पार्टीको १४औँ महाधिवेशनलाई सहयोग गर्ने गरेर युरोपमा रहेका भ्रातृ र शुचेच्छुक संस्थाहरूको अधिवेशन सम्पन्न गर्न जिम्मेवारीसहित गुरुङलाई निर्देशन दिएका हुन् । गुरुङ समितिका केन्द्रीय सदस्य समेत हुन् ।
‘नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा युरोपभित्र रहेका नेपाली कांग्रेस पार्टीका जनसम्पर्क समितिहरूको सहभागिता सुनिश्चित गर्नको लागि म्याद सकिएका सबै जनसम्पर्क समितिहरूको अधिवेशन सम्पन्न गर्न पर्ने भएको हुँदा युरोपभित्र रहका सबै जनसम्पर्क समितिहरूसँग समन्वय गरि अधिवेशन सम्पन्न गराउने जिम्मेवारी ताईलाई प्रदान गरिएको छ’, पत्रमा उल्लेख छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया