सीआईबीद्वारा मकवानपुरका दुई जनालाई बालाजुबाट पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजुबाट संरक्षित वन्यजन्तु सालकको १ केजी ५ सय ग्राम खपटासहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाँउपालिका–२ बस्ने ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँ बस्ने ४० वर्षीय धनबहादुर योञ्जन रहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।
संरक्षित वन्यजन्तु सालकको खपटा अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त खपटा सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं बुझाइएको ब्यूरोका प्रमुख सिंहले जनाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया