कांग्रेसको पदाधिकारी बैठक बिहीबार

काठमाडौं । मुलुकको पछिल्लो अवस्था र १४औँ महाधिवेशनको तयारीबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले शीर्ष नेतासहित पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा क्रियाशील सदस्य विवादका बारेमा छलफल हुनेछ ।

सह–महामन्त्री डा.प्रकाशशरण महतले महाधिवेशनका बारेमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका छन् ।

Published : Wednesday, 2021 June 30, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया